प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share


 

१.      सर्लाही, लालबन्दी नगरपालिका-२ स्थितबाट लागु औषध ONEREX(100ml)-६५ बोतल र SPASMO-PROXYVON PLUS- १८ पतामा १४४ ट्याब्लेट सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने वर्ष ३५ को राम पुजन साह सुडीलाई  बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । रेल्वे ट्रयाकको बाटो हुँदै लागु औषध ओसार पसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले ट्रयाकको बाटोमा चल्ने सवारी साधन समेतलाइ चेकजाँच गर्ने क्रममा बर्दिवासबाट डाबरी तर्फ जाँदै गरेको ज १२ प ६१२१ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ स्थितबाट लागू औषध WINREX 100 ML लेखिएको ५० बोतल सहित देश भारत बिहार राज्य जिल्ला सितामाढी सोनबर्षा थाना घुरघुरा टोल बस्ने बर्ष २८ को नन्द पासवानलाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पर्साबाट खटिएको  चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा BR 30 F 8663 नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्न खोज्दा मोटरसाईकल चालक फरार भएकोमा सोही मोटरसाईकलमा पछाडी सवार निज नन्द पासवानलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.      सिरहा, सिरहा नगरपालिका-७ स्थितबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ ०.९५० मिली ग्राम सहित मिर्चैया नगरपालिका १० बस्ने वर्ष २३ को राकेश कुमार मण्डल, वर्ष ३० को सुबोध कुमार साह र वर्ष १९ को सतिपुजन साहलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा र चोहर्वा सडक खण्डमा दक्षिण देखी उत्तरतर्फ जाँदै गरेको मधेस प्र.०१-००५ १०४० नम्बरको मोटरसाईकलमा सवार निजहरूलाई  खानतलासी गर्दा उक्त लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

४.      सप्तरी, सप्तकोशी नगरपालिका १ शान्ति नगर स्थितबाट लागू औषध Nitrazepam Tablets i.p.10 mg १४ पत्तामा १४० पिस र Codeine Phosphate and Triprolidine Hydrochloride Syrup 1000 ml को बोतल थान-४  सहित सुनसरी भोक्रा नर्सिङ गाउँपालिका-६ बस्ने वर्ष २६ को ममताज मिया र सुनसरी देवानगंज गाउँपालिका-१ बस्ने वर्ष २५ की तिलो कुमारी यादवलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति नगर टोल बस्ने जय प्रकाश गुप्ताको घरमा डेरा लिई २ जना व्यक्तिले प्रतिबन्धित लागू औषध लुकाई छिपाई ओसारपसार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।