प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।

 

 

२ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध समान सहित पिकअप नियन्त्रणमा
२०८३-०२-१२

१.      सर्लाही, बागमती नगरपालिका-१२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली (VCTS अनुसारको बिल बिजक नभएको ) कुरियरको सामानहरु गरी अन्दाजि मुल्य रु. ६,००,०००।- (छव लाख ) बराबरको समान सहित बा.प्र. ०१-०३० च.१५८० नम्बरको पिकअप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले काठमाण्डौंबाट झापा तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

१.      सर्लाही, बसबरिया गाउँपालिका ०२ ढापटोलबाट अवैध लागूऔषध ४३० ग्राम गाँजा सहित सोहि स्थान बस्ने जयलाल सहनीको छोरा अन्दाजी बर्ष २० को अभिषेक सहनीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र मानपुरबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पोखरिया नगरपालिका ०९ स्थितबाट अवैध लागूऔषध ५.५ ग्राम ब्राउन सुगर सहित सोहि स्थानको शिवबर्वा बस्ने बिजुल राउत कम्करको छोरा अन्दाजी बर्ष २० को बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।