लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०२-०१
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका २१ परवानिपुर स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५
ग्राम सहित बिरगंज महानगरपालिका १६ बस्ने
बर्ष २२ को मुस्तफा अंसारीलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा BR 06 CT
081 FZ नम्बरको मोटरसाईकलमा लागू औषध लगिरहेको
छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी परवानिपुरबाट खटिएको प्रहरी टोलीले चेक
जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।