लागू औषध नियन्त्रणमा
२०८२-०२-०२
- A
- A-
- A+
सर्लाही, पर्सा गाउँपालिका वडा नं.३
नारायणपुर स्थितबाट ONEREX (WINGS)- १००ml को १५० बोतल र SPASMO
PROXYVEN PLUS CAPSUL ३० पत्तामा (७४० पिस) लागू औषध बिहीबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नारायणपुरबाट गस्तिमा खटिएको प्रहरी
टोलीले भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीलाई
देख्ना साथ उक्त झोला फाली मानिस फरार भएकोमा झोला चेक जाँच गर्दा उक्त परिमाण
बराबरको लागू औषध फेला परेकोले लागू औषध नियन्त्रणमा लिई प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।