फरार प्रतिवादी पक्राउ
२०८२-०२-०६
- A
- A-
- A+
१. बारा, लागू औषध (गाँजा) मुद्दामा १ बर्ष कैद र रु.१०,०००/-
जरिवाना भएको फरार प्रतिबादी जितपुरसिमरा उपमहानगरपालिका २२ नयाँबस्ती टोल बस्ने
बर्ष ४५ को राजकुमार घलानलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा
निजलाई जितपुर सिमरा उप-महानगरपालिका २२ चकरी बजार स्थितबाट नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।