प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रण

२०८२-०२-२५

  • A
  • A-
  • A+
Share


१.      महोत्तरी, सम्सी गाउँपालिका-५ पोखरभिण्डा ब्रह्मस्थान स्थितबाट लागु औषध NITRAVET Tablets- १५ पिस, SPASMO- PROXYVON PLUS  Tablets- ४० पिस, PHENERGAN Injection- ३ पिस, DIAZEPAM Injection-३ पिस, NOOPHIN Injection- ३ पिस, WHINCEREX Cough syrup- १० पिस र मधेश प्रदेश-०२-००५ प ८८१२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल थान-१ सहित मोटरसाईकल चालक जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-१४ राना टोल बस्ने बेचु महतोको छोरा अन्दाजी बर्ष-२८ को संजित महतोलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पोखरभिण्डा महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ सुपर स्प्लेन्डर मोटरसाईकलको फिल्टर बक्समा लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.       धनुषा, जनकपुर उप-महानगरपालिका-१६ कपिलेश्वर स्थितबाट लागु औषध गाँजा अन्दाजी ५०० ग्राम सहित सोही स्थान बस्ने अन्दाजी  बर्ष-६० को रामदेव यादवलाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाँजा बेची रहेको छ भन्ने सूचनाको आधामा प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०

१.      सर्लाही, ब्रहम्पुरी गाउँपालिका-४ टायल्स कम्पनी नजिकबाट श्रोत नखुलेको नेपाली रु.८,००,०००।– (आठ लाख), म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका-४ बस्ने बिनोद पासवानको छोरा अन्दाजि बर्ष २३ को कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ बस्ने बुझाउन महतोको छोरा अन्दाजि बर्ष ४१ को शिव नारायण महतोलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निज कृष्ण कुमार पासवानले लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली रु. १००० को नोट ६०० पिस, रु. ५०० को नोट ४०० पिस पैसा फेला पारी उक्त रकम सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०

१.      पर्सा, विरगंज महानगरपालिका-१६ नगवा फुलबारी टोलबाट अवैध लागूऔषध गाँजा १४ किलो २२६ ग्राम सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका-१६ बस्ने शेष मखु मिँयाको छोरा अन्दाजी बर्ष १५ को अर्मान आलम रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता, पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट, गरुडा नगरपालिका-४ गरुडा बजारबाट अवैध लागूऔषध निट्राजोन ट्याब्लेट - ८५० पिस सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गढिमाई नगरपालिका ९ घर भई हाल गरुडा नगरपालिका ४ गरुडा बजारमा भाडाको घरमा बस्दै आएका रामभृक्ष रायको छोरा अन्दाजी बर्ष २८ को रुपेश कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइल चौक स्थितबाट अवैध लागूऔषध १९ किलो ११० ग्राम, को २ ह ७१९४ नम्बरको अटो र स २ प ९१६९ नम्बरको मोटरसाइकल सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा धनगढीमाई नगरपालिका-९ बस्ने रामकरण दासको छोरा अन्दाजि बर्ष ३३ को राजेश दास रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी सिरहा र सुरक्षा वेश सुखिपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, सुखिपुर नगरपालिका-८ महादेव स्थित मोहनपुर जाने बाटोबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९९० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा सुखिपुर नगरपालिका-८ बस्ने हरीवती चौधरीको छोरा अन्दाजि बर्ष २३ को सुशिल कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुखिपुर र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८२-१२-२६

१.      महोत्तरी, जलेश्वर नगरपालिका-८ बजराहीकोट्टी स्थितबाट अवैध लागूऔषध गाँजा १९२.८ किलोग्राम, BAC6994 नम्बरको Nissan कार र प्रदेश २-०३-००१ च ९०७७ नम्बरको Nexon कार सहित १ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाँउपालिका-१ बस्ने नर बहादुर मौक्तानको छोरा अन्दाजि बर्ष २६ को धर्म राज मौक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, बिष्णु गाउँपालिका-५ फेन्हारा चौक हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध Nitrazohm-10 ९९ ट्याब्लेट र Onerex 100 ml १६ बोतल, BR-30V 1317 नम्बरको मोटरसाइकल सहित १ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी कचौर बस्ने अन्दाजि वर्ष २४ को कृष्ण नन्दन कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      रौतहट, ईशनाथ नगरपालिका-८ जटहरा भित्री सडक खण्डबाट अवैध लागूऔषध गाँजा १५ किलोग्राम बेबारिसे अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखाप रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-२१ कल्पबृक्ष होटेल अगाडीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ९४२ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाँउपालिका-२ बस्ने तुल बहादुर मोक्तानको छोरा अन्दाजि बर्ष ५५ को खड्ग बहादुर मोक्तान र मकवानपुर साबिक डाडाँ खर्क गा.बि.स.-८ बस्ने सन्च बहादुर स्याङतानको छोरा अन्दाजि बर्ष ४९ को लाल बहादुर स्याङतान रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पर्सा, विरगंज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागूऔषध ट्रमाडोल ५१,२०० पिस बेबारिसे अवस्थामा बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।