प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-१५

  • A
  • A-
  • A+
Share


१.       बारा, परवानिपुर गाउँपालिका-५ बहुअरी स्थितबाट लागु औषध गाँजा २१२ किलो ग्राम सहित पिकप चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने शम्भु कार्कीको छोरा अन्दाजी बर्ष २८ को रबि कार्की, वडा नम्बर-१२ टिसटुङ बस्ने अन्दाजी बर्ष ४६ को बिर बहादुर गोले, हेटौंडा उप-महानगरपलिका-१४ उतरपानी बस्ने अन्दाजी बर्ष २३ को साजन मुक्तान र जिल्ला धादिङ थाक्रे गाउँपालिका-७ आपसी चौक बस्ने अन्दाजी बर्ष ३१ को महेश तमाङलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना को अधारमा जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलिले हेटौंडाबाट बाराको गण्डक तर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकप गाडिलाई रोकी चेक जाँच गर्दा पिकपमा धानको भुसको बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको, लागु औषध गाँजा फेला पारी गाडी सहित निज ४ चारै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


२.      सर्लाही, बागमती नगरपालिका-३ धरहरा टोल स्थितबाट लागु औषध गाँजा ४ किलो ५५९ ग्राम सहित सोही स्थान बस्ने भिम बहादुर वाइवाको श्रीमती अन्दाजी बर्ष ६० की सेती मायालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ  । आफ्नै घरमा लागु औषध गाँजा विक्रि वितरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलीले सेती मायाको घर तलासी गर्दा लागु औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.      धनुषा जनकनन्दनी गाउँपालिका- १ कमला बाध स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा कल्यानपुर नगरपालिका- ४ मौहुलिया बस्ने जय कुमार ठाकुरको छोरा अन्दाजी बर्ष १९ को कृष्ण ठाकुरलाई चेकजाँच गर्दा पकेटमा सेतो पलास्टिकमा राखिएको लागु औषध (खैरो हिरोइन) जस्तो देखिने अन्दाजी ५५ ग्राम  फेला परेकोमा निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

 ४.      सिरहा, कल्याणपुर नगरपालिका-१२ बेल्हा कमला बाँध स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्राम सहित मोटरसाईकल चालक सोही स्थान बस्ने भुवन कामतीको छोरा अन्दाजी वर्ष २० को दिपक कामती र मोटरसाईकल पछाडि सवार वडा नम्बर-८ बडकी टोल बस्ने धामी कामतीको छोरा अन्दाजी वर्ष २४ को रमेश कामतीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोलीले माडरबाट कल्याणपुर तर्फ जाँदै गरेको स ६ प ४९३१ नम्बरको मोटरसाईकल सवार दुवै जना माथि शंका लागि चेक जाँच गर्दा मोटसाईकलमा पछाडी सवार रमेश कामतीको हाफ पाइन्टको पछाडिको गोजीमा साना-साना दुइ वटा प्लाष्टिकको पोकामा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रण लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


५.      सिरहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुर बिश्वकर्मा मन्दिर स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ (एक) ग्राम सहित सहित मोटरसाईकल चालक जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा बस्ने राम हिर्दय पासवानको छोरा अन्दाजी बर्ष १९ को बिष्णु पासवानलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले बन्दिपुर बिश्वकर्मा मन्दिर स्थितमा बा.प्र.०२-०३९प ९४२१ नम्बर को मोटरसाईकल रोकि बसिरहेको अवस्थामा शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक बिष्णु पासवानलाई लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


६.      सप्तरी, बोदेबर्सईन नगरपालिका-५ सत्रुध्न चोक स्थितबाट लागु औषध ONEREX नामक (100 ML)को ७३ पिस सहित सप्तरी तिलाठी कोईलाडि गाउँपालिका-५ बस्ने श्री राम प्रसाद साहको छोरा अन्दाजी बर्ष २० को माया नन्द साहलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध कालो झोलामा लाँदै गरेको भन्ने बिषेश सूचनाको अधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएक प्रहरी टोलीले खडकेश्वरी बस काउन्टरबाट काठमाण्डौँ जान लागेको यात्रु माया नन्द साहलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बिचौलिया नियन्त्रणमा ।
२०८३-०२-०१

१.      पर्सा, विरगंज महानगरपालिका ०३ स्थित मालपोत कार्यालय विरगंज परिसरबाट २ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका ०२ बस्ने रमेश राउत कुर्मीको छोरा अन्दाजी बर्ष २४ को बृजलाल पटेल र पर्सा बहुदरमाई नगरपालिका ०६ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ४७ को बृज नारायण प्रसाद रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, जनकपुर उप-महानगरपालिका १४ स्थित यातायात व्यवस्था कार्यालय मुजेलिया परिसरबाट ३ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका ०२ धनुषा बस्ने अन्दाजी बर्ष २२ को अंकित कुमार साह, सोहि उप-महानगरपालिका ०३ बस्ने अन्दाजी बर्ष २१ को राजेश साह र सर्लाही गौरैता नगरपालिका ६ बस्ने अन्दाजी बर्ष ३० को चिन्टु कुमार सिंह रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-०१

१.      सप्तरी, खड्क नगरपालिका ०५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा १४३ किलो २१६ ग्राम, को १ च २६६७ नम्बरको पिकअप भ्यान सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा साङगुरीगढी गाउँपालिका ०१ बस्ने अन्दाजी बर्ष ३१ को महा प्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका ०५ बस्ने अन्दाजी बर्ष ४७ को बल बहादुर लिम्बु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकि बिसनपुरको संयुक्त प्रहरी टोलिले धरानबाट लहान जाँदै गरेको पिकअप भ्यान चेकजाँच गर्दा उक्त गाँजा सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०१-३०

१.      पर्सा, पोखरीया नगरपालिका ४ पोखरीया बजारबाट अवैध लागूऔषध ब्राउन सुगर १९० मिलिग्राम सहित सोहि स्थान बस्ने आमिचन साह कानुको छोरा अन्दाजी बर्ष २२ को राजेश साह कानुलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      धनुषा, बिदेह नगरपालिका १ दुर्गा मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ०.५३ मिलिग्राम सहित २ जनालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा शहिद नगरपालिका १ कुमकरण बस्ने श्याम सुन्दर यादवको छोरा अन्दाजी बर्ष २८ को धर्मेन्द्र कुमार यादव र सोहि स्थान बस्ने श्रवण यादवको छोरा अन्दाजी बर्ष २० को सोनु कुमार यादव रहेका छन् । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्र.०३-०३८ प ०२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त पदार्थ सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, कन्चनरुप नगरपालिका ९ रुपनगरबाट अवैध लागूऔषध ब्राउन सुगर २.४९ ग्राम, गाँजा १४० ग्राम सहित सोहि स्थान बस्ने सन्तोष कुमार यादवको श्रीमति अन्दाजी बर्ष ३० की मनरेखा यादवलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२९

१.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ४२ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका ०७ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागूऔषध खैरो हेरोईन ०.४३ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका १६ बस्ने अशोक प्रसाद यादवको छोरा अन्दाजी बर्ष २१ को बिशाल यादव रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वा स्थितबाट अवैध लागूऔषध चरेश ४ ग्राम ३१ मिलिग्राम, खैरो हेरोईन ०.१० मिलिग्राम, म.प्र.०३-०४१ प ४०२४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका ०३ बस्ने चाँद महमदको अंसारीको छोरा अन्दाजी बर्ष २६ को पैयाल अंसारी र जिल्ला बारा प्रसौनी गाउँपालिका ०३ बस्ने रामनारायण साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२८

१.      रौतहट, गौर नगरपालिका ४ गढवा चौकबाट अवैध लागूऔषध Cerejack इन्जेक्सन - १२ पिस, Phenagan - ४ पिस, सिरिन्च-६ पिस सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाग्लुङ्ग बाग्लुङ्ग नगरपालिका ३ बस्ने धन बहादुर कामीको छोरा अन्दाजी बर्ष २६ को रुपेश बि.क., जिल्ला तनहुँ स्वर्ण नगरपालिका ३ बस्ने बद्री सुनारको छोरा अन्दाजी बर्ष २१ को सुशिल सुनार र जिल्ला रौतहट रघुगंगा गाउँपालिका २ बस्ने सुरज बहादुर के.सी.को छोरा अन्दाजी बर्ष २४ को राजन के.सी.रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहटबाट खटिएको प्रहरीको टोलीले उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, विरगंज महानगरपालिका १६ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम, सेतो हेरोईन ०.२५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका ११ सिमलटार बस्ने होमनाथ घिमिरेको छोरा अन्दाजी बर्ष २० को सागर घिमिरे र सोहि स्थान बस्ने भिम बहादुर जिम्बाको छोरी अन्दाजी बर्ष २३ की पुजा जिम्बा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सिमा गुल्म विरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय विर्ता पठाईएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, बरियारपट्टी गाउँपालिका १ बडहरी चेकप्वाईन्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम, BR 32 BC 9045 नं.को भारतीय मोटरसाईकल सहित १ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका १ बस्ने राम दयाल यादवको छोरा अन्दाजी बर्ष २३ को लक्ष्मी कुमार यादव रहेका छन् । सशस्त्र प्रहरी बल BOP बडहरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।४.      महोत्तरी, बर्दिबास नगरपालिका १ पुरानो नगरपालिका स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus ९६ पिस, Nitrazepam IP १४३ पिस, बा १४ प २१०९ नं. को मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला नगरपालिका ३ लालभित्ति बस्ने शंकर बि.क.को छोरा अन्दाजी बर्ष २१ को दिपक बि.क.रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीको टोलिले उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।५.      रौतहट, चन्द्रपुर नगरपालिका ५ स्थित चन्द्रनिगाहपुर अस्पतालको अगाडी रहेको सगुन फार्मेसीबाट अवैध लागूऔषध Tramadol Hydrochloride Capsules - १४३ पिस सहित फार्मेसीका संचालकलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका ६ बस्ने हरिद्धार प्रसादको छोरा अन्दाजी बर्ष ४८ को सुरेश चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले टोलिले लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।६.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागुऔषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्राम, बा ८६ प २१ नं.को मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका ७ कमाने टोल बस्ने राजु थापा मगरको छोरा अन्दाजी बर्ष २९ को अन्जन थापा र सोहि स्थान बस्ने अन्दाजी बर्ष १९ को रमेश बम्जन रहेका छन् । प्रहरी चौकी इनर्वा, लागूऔषध ब्यूरो शाखा कार्यालय विरगंज र सानो पाईलाको संयुक्त टोलीले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागू पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।७.      पर्सा, विरगंज महानगरपालिका १६ बैष्णोदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध नाईट्राभेट - ४२ पिस र स्पास - ११ पिस सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका २ छप्कैया बस्ने मोहम्द आलमको छोरा अन्दाजी बर्ष ३५ को ओसिम ठकुराई, जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका १० बस्ने अकलेश्वर दासको छोरो अन्दाजी बर्ष ३७ को राजु बानिया र जिल्ला बारा कलैया उप-महानगरपालिका ६ बस्ने अन्दाजी बर्ष ५२ को अलिहदन मियाँ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी गणेश टोल र लागू औषध नियन्त्रण ब्यूरो शाखा विरगंजबाट खटिएको संयुक्त प्रहरीको टोलिले चेकजाँच गर्दा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ८.      पर्सा, विरगंज महानगरपालिका १६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन ०.७७ ग्राम, ना २१ प ३५८४ नं.को मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहदुरामाई नगरपालिका ६ गमहरिया टोल बस्ने सुरेश साह तुरहाको छोरा अन्दाजी बर्ष २९ को बिरजु साह तुरहा रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।