लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१९
- A
- A-
- A+
सर्लाही, बलरा नगरपालिका-८
गडहिया चोक स्थितबाट लागु औषध
गाँजा अन्दाजी ८ किलो ५०० ग्राम र BR 05 AS
9680 नम्बरको मोटरसाईक सहित देश भारत जिल्ला सितामढी ग्राम नरहा
बस्ने राम बिध्या रायको छोरा अन्दाजी बर्ष २१ को रंजेश कुमारलाई बुधबार राती
प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी
चेकिङ्ग टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाईकललाई चेक जाँच गर्दा लागु औषध
गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।