लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरौ पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०६-२१
- A
- A-
- A+
धनुषा, गणेशमान चारनाथ नगरपालिका ७
पोर्ताहा चेकप्वाईन्ट स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरौ पदार्थ ३७.९
ग्राम सहित जिल्ला सप्तरी राजबिराज नगरपालिका १ बस्ने अवधेश कुमार सिंहको छोरा अन्दाजी
बर्ष ३१ को रोहन कुमार सिंह र निराजन यादवलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको संयुक्त
प्रहरी टोलीले बन्दिपुरबाट बिरेन्द्रबजार तर्फ जाँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको
मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकल पछाडी सवार निराजन
यादवको साथबाट उक्त परिमाण बराबरको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ
फेला पारेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।