प्रहरी हुँ भनी धम्काउँदै हिंड्ने १ जना लागू औषध सहित नियन्त्रणमा
२०७८-१०-२३
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर : अशिम गुरुङ
उमेर : ३२ वर्ष
ठेगाना : जिल्ला झापा गौरादह न.पा.-१ घर भई हाल काठमाण्डौं म.न.पा ४ मण्डिखाटार
पक्राउ मिति : २०७८।१०।२१ गते।
मुद्दा : लागू औषध मुद्वा
बरामद : लागू औषध NITRAVAT-10 लेखिएको ३९ पिस ट्याब्लेट, SPASMOP PROXYVON PLUS-२२ पिस ट्याब्लेट प्र.नि. अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र थान-१, नक्कली रिभल्वर थान-१, रिभल्वर राख्ने होलस्टर थान-१, ड्याईगन चक्कु थान-१, SAIRA SYANGBO र ASHIM GURUNG लेखिएको मेटल नेम प्लेट थान-२, मोबाईल थान-२, चेकबुक थान-१, ATM CARD थान-१, निज अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी थान-१, नेपाली नोट रु.१०००।– दरको थान-३ गरि जम्मा रु.३०००।- र Ncell को नयाँ सिम कार्ड थान-३ ।
निजलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सिरहाबाट लागू औषध मुद्दामा दिन ५ म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।