लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२९
- A
- A-
- A+
१. पर्सा, वीरगंज महानगरपालिका वडा नं.
०८ घण्टाघर स्थितबाट लागु औषध NITZASCEN-10 लेखिएको ७ पिस TABLETS सहित जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ६ बस्ने सहजवाज
अंसारीको छोरा अन्दाजी वर्ष २४ को मुस्ताफा अंसारीलाई आइतबार राति प्रहरीले
नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरी चेकिङ्ग
टोलीले माईस्थान बाट घण्टाघर तर्फ आउदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच
गर्दा निजले टाउकोमा लगाएको निलो रङ्गको टोपि भित्र लुकाई छिपाई राखेको लागु औषध
फेला पारी उक्त लागु औषध सहित निजलाई प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।