लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०१
- A
- A-
- A+
१. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १७ कोनियाबाट लागु औषध १७६ किलोग्राम गाँजा र बा २१ च ७८५५ नं.को पिकअप गाडि सहित चालक जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने अमर बहादुर श्रेष्ठको छोरा अन्दाजी बर्ष २८ को सुबराज श्रेष्ठलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सिर्सियाबाट खटि गएको प्रहरीको गस्ति टोलीले भित्री (ग्राबेल) सडक खण्डको अलौ बाट कोनिया जादै गरेको पिकअप गाडि माथी शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरामा हाली परालले छोपी लैजादै गरेको अवस्थामा लागु औषध फेला पारी उक्त लागु औषध र पिकअप सहित निज चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, पर्सा गाउँपालिका वडा नं.
१ स्थितबाट लागु औषध १ किलो ८०० ग्राम गाँजा सहित जिल्ला सर्लाही पर्सा गाउँपालिका
वडा नं. १ बस्ने जटहु मण्डलको छोरा अन्दाजी बर्ष ५५ को रामसिरिठ मण्डललाई आइतबार
राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटि
गएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा निज मण्डलको घर खानतलासी गर्दा खाना
पकाउने भान्छा घरमा लुकाई छिपाई राखेको लागु औषध फेला पारी उक्त लागु औषध सहित
निजलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।