लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०२
- A
- A-
- A+
१. महोत्तरी, गौशाला नगरपालिका वडा नं.०८ खाल्टे
बजार स्थितबाट लागु औषध अन्दाजी १० किलोग्राम गाँजा र BR 30 W 1309 नं.को मोटरसाइकल सहित चालक जिल्ला महोत्तरी
सोनमा गाउँपालिका वडा नं. ०३ बस्ने ईन्द्र जित बैठाको छोरा अन्दाजी वर्ष २० को
हरेन्द्र बैठा र पछाडी सवार सोही स्थान बस्ने राम छबिल बैठाको छोरा अन्दाजी वर्ष
२१ को अर्जुन बैठालाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच
गर्ने क्रममा ढल्केबरबाट खाल्टे बजार तर्फ जादै गरेको उक्त मोटरसाइकललाई रोकि
चेकजाँच गर्दा चालक र पछाडी सवार बैठाको बिचमा मोटरसाइकलको सिटमा राखिएको सेतो
प्लाष्टिकको बोरामा बेरिएको १ पोका र सोही बैठाले पछाडि भिरेको कालो झोलामा १ पोका
(जम्मा २ पोका ५/५ किलोग्राम) राखेको अवस्थामा
लागु औषध फेला पारी उक्त लागु औषध र मोटरसाइकल सहित निजहरुलाई प्रहरीले
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।