लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०६
- A
- A-
- A+
१.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. २२
जगरनाथपुर ढाँटबाट लागु औषध चरेश २४० किलोग्राम सहित ना ३ ख ५०९३ नं. को ट्रक, ट्रक
चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ११ बस्ने जित बहादुर मुक्तानको छोरा
अन्दाजी बर्ष २९ को सरोज मोक्तान र सह-चालक सोहि स्थान बस्ने कलतर सिंह लो को छोरा
अन्दाजी बर्ष २१ को नवराज लो लाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र QRT को
संयुक्त प्रहरी टोलीले मकवानपुरबाट वीरगंज तर्फ आउँदै गरेको ट्रक माथी शंका लागि
चेकजाँच गर्दा ट्रकको क्याबिनको माथिल्लो भागको फल्स बटनमा लुकाई छिपाई राखेको
लागु औषध चरेश फेला पारी उक्त लागु औषध सहित ट्रक र निजहरुलाई प्रहरीले
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, मलगंवा नगरपालिका वडा नं. ११ यादव
चौकबाट लागु औषध गाँजा प्लाष्टिक सहित २ किलो ८०० ग्राम सहित जिल्ला सर्लाही
मलगंवा नगरपालिका वडा नं. ११ बस्ने बिकाउ यादवकी श्रीमति अन्दाजी बर्ष २९ की इन्दु
देवी यादवलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय
सर्लाहीबाट खटि गएको प्रहरीको टोलीले बिकाउ यादवको घरमा लागु औषध राखेको छ भन्ने
गोप्य सुचनाको आधारमा निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषध गाँजा
फेला पारी उक्त लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. १५
बसपार्क स्थित प्रतिमा चौकबाट लागु औषध ब्राउन सुगर ४५ ग्राम सहित जिल्ला पर्सा
वीरगंज महानगरपालिका वडा नं. १९ बिन्दवासिनी बस्ने बासुदेव रावत कंकडको छोरा
अन्दाजी बर्ष ३० को शम्भु रावत कंकड, जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६
बस्ने मोहन पंडितको छोरा अन्दाजी बर्ष १८ को चन्दन कुमार पंडित, जिल्ला पर्सा
बहुदरमाई नगरपालिका वडा नं. १ बस्ने महेन्द्र मिश्राको छोरा अन्दाजी बर्ष ४० को राज
किशोर मिश्रा र भारतको बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना ६ बस्ने रामविश्वास
सिंहको छोरा अन्दाजी बर्ष २७ को सचिन सिंहलाई शुक्रबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्युरो कार्यालय वीरगंज र प्रहरी चौकी
बसपार्कबाट खटिएको संयक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा बसपार्क प्रतिमा
चौकको बिचबाट शम्भु रावत कंकडको साथबाट लागु औषध फेला पारी उक्त लागु औषध सहित
निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।
४. सर्लाही, कविलासी नगरपालिका वडा नं. १० चमेलीमाई मन्दिर स्थितबाट लागु औषध BUPRENORPHINE Injection ५० पिस, DIAZEPAM Injection IP ४९ पिस र Promethazine Hydrochloride Injection IP ५० पिस गरी जम्मा १४९ पिस, BR 30 AF 1701 नं.को मोटरसाईकल सहित चालक जिल्ला सर्लाही हरिपुर्वा नगरपालिका वडा नं. ७ बस्तपुर घर भई हाल जिल्ला सर्लाही मलगंवा नगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३२ को रबिन्द्र यादव भन्ने सुनिल कुमार यादव र पछाडि सवार जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. ७ बस्ने मनिलाल यादवको छोरा अन्दाजी बर्ष ३२ को करण यादवलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कबिलासीबाट खटि गएको प्रहरीको गस्ति टोलीले मलगंवाबाट लालबन्दी तर्फ आउँदै गरेको भारतीय मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकलमा ल्याउँदै गरेको लागु औषध फेला पारी उक्त लागु औषध सहित मोटरसाईकल र निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
५. सिरहा, धनगढीमाई नगरपालिका वडा नं. ०८ कसहा स्थितबाट लागु औषध (प्लाष्टिक सहित ७ ग्राम र प्लाष्टिक बाहेक ६.५ ग्राम) खैरो हेरोईन, ज १ ह ३९३० नम्बरको अटो सहित अटो चालक जिल्ला दाङ्ग बागमोर नगरपालिका वडा नं. ०७ बस्ने कुल बहादुर वलीको छोरा अन्दाजी बर्ष २९ को देवराज वली र सवार जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०६ रातामाटा बस्ने भोजराज अधिकारीको छोर अन्दाजी बर्ष ३४ को सुशिल अधिकारीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट कसहा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागु औषध ओसार-पोसार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा शिवचौक बाट कसहा तर्फ आउँदै गरेको अटो रोकी चेकजाँच गर्दा चालकको सिटको पछाडिको भागमा लुकाई छिपाई राखेको लागु औषध फेला पारी उक्त लागु औषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।