लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०७
- A
- A-
- A+
१.
सर्लाही, हरिवन नगरपालिका
वडा नं. ०३ डाबरी टोल स्थित आँपको बगैँचाबाट लागू औषध गाँजा (प्लाष्टिक सहितको ८६.५०५
किलोग्राम) आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । झाडीमा लागू औषध गाँजा
लुकाई छिपाई राखेको विशेष सुचनाको आधारमा इलाका
प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलीले उक्त स्थानको वरिपरी
खोज तलास गर्दा झाडी भित्र सुकेको मकैको डाठले छोपी राखेको अवस्थामा बेवारीसे लागू
औषध गाँजा ३ वटा बोरा फेला पारी उक्त लागू औषध प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।
२.
महोत्तरी, औरही नगरपालिका
वडा नं.०१ स्थित बर्दिवास-जलेश्वर सडक खण्डबाट लागू औषध DIAZEPAN-2ml ४७४ (चार सय चौहत्तर) थान एम्पुल, BUPENORPHNE-2ml
४८४(चार सय चौरासी) थान एम्पुल र PROMETHOZINE HYDROCHLORIDE PHENERGAN-2ml ४७८(चार सय अठत्तर) थान एम्पुल गरी जम्मा १४३६( चौध सय छतिस) थान एम्पुल,
BR30A02285 र BR30W0324 नम्बरको
मोटरसाइकल सहित महोत्तरी सम्सी गाउपालिका वडा नं.०६ बस्ने शेष फखरे आलमको छोरा
बर्ष २१ को शेष तनबिर, देश भारत बिहार राज्य, जिल्ला सितामढी, वेला थाना वडा नं.०६
बस्ने धरखर मण्डलको छोरा बर्ष २२ को राजु कुमार, महोत्तरी सम्सि गाउगपालिका वडा
नं.०६ बस्ने मोली मोमताजको छोरा बर्ष २१ को मुसाहिददुल ईस्लाम र देश भारत, बिहार
राज्य, जिल्ला सितामढी बेला थाना वडा नं.०६ कनवा बस्ने उत्तम मण्डलको छोरा बर्ष २१
को अरबिन्द कुमार मण्डल समेतलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, इलाका प्रहरी
कार्यालय रामगोपालपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट
खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बर्दिवास-जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट
बर्दिवास तर्फ शङ्कास्पद तरिकाले जाँदै गरेको उक्त दुईवटै मोटरसाइकलमाथी शंका लागी
नियन्त्रणमा लिई कानुन बमोजिम मोटरसाइकल र निजहरुको शरिरको खानतलासी गर्दा निज राजु
कुमार र अरबिन्द कुमार मण्डल समेतले आफ्नो साथमा बोकी ल्याएको कालो प्लाष्टिकको
झोलाभित्र लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषधहरु बरामत गरी लागू औषध,
मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।