अवैध गाँजा खेती फडानी तथा नष्ट गरिएको
२०८२-०९-०७
- A
- A-
- A+
सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १४ स्थित ३५ बिगहा आसपासमा रहेको १,८०,०००।– भन्दा बढी अबैध गाँजाको बोट आइतबार दिउँसो प्रहरीले नष्ट तथा फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दी तथा सशस्त्र प्रहरी सुरक्षा वेस हरिवन सर्लाहीबाट खटिएको संयूक्त १२८ जनाको प्रहरी टोलिले प्रताटोल, हात्ति सुढे, १५ बिगहा, ९ बिगहामा लगायत आसपासको चुरे क्षेत्रको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।