लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०९
- A
- A-
- A+
१.
सर्लाही, ब्रहम्पुरी
गाउँपालिका वडा नं.०२ चोक स्थितबाट लागू औषध गाँजा (प्लाष्टिक बाहेक ४ किलो २००
ग्राम) सहित जिल्ला सर्लाही ब्रहम्पुरी गाउँपालिका वडा नं.०२ सिता सरन साहको घरमा
डेरा गरी बस्ने अन्दाजी बर्ष ४० को रामपृत साहलाई मंगलबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । उक्त स्थानमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटी गएको प्रहरी टोलिले निजको
कोठा खानतलासी गर्दा जेब्रा झोला भित्र रातो प्लाष्टिकमा र्याप गरी राखिएको
अवस्थामा उक्त लागू औषध फेला पारी लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।