अवैध गाँजा खेती फडानी तथा नष्ट गरिएको
२०८२-०९-०९
- A
- A-
- A+
१.
पर्सा, बहुदरमाई नगरपालिका वडा नं.०१ स्थित
१.५ कट्ठामा रहेको १०००।– भन्दा बढी अबैध गाँजाको बोट मंगलबार दिउँसो प्रहरीले
नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयबाट खटिएको प्रहरी टोलिले
ऐलानी जग्गामा लगाएका अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, ईश्वरपुर नगरपालिका वडा नं. १२ स्थित
३ बिगहा आसपासमा रहेका १६,५००।– भन्दा बढी अबैध गाँजाको बोट मंगलबार दिउँसो
प्रहरीले नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको
प्रहरी टोलीले पिपल दमार, छड्के दमार लगायत आसपासको चुरे क्षेत्रको विभिन्न
स्थानमा लगाईएको अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।