बेवारिसे लागु औषध नियन्त्रणमा
२०८२-०९-११
- A
- A-
- A+
१.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. १६ स्थितबाट लागू औषध NITRAVET-10 लेखेको ३६९ पत्ता
११,०६८।- ( एघार हजार अरसट्ठी पिस ) ट्यावलेट विहिबार बिहान प्रहरीले नियन्त्रणमा
लिएको छ । बिशेष
सुचनाको अधारमा सशस्त्र प्रहरी बल
नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजबाट खटिएका सशस्त्र प्रहरी गस्ती टोलीले
ईनर्वा
गाउँ देखी दक्षिण चौरको माछा पोखरीको पश्चिम उत्तरको डिलमा वेवारिसे अवस्थामा लागू औषध फेला पारी प्रहरी
चौकी ईनर्वामा जानकारी गराएकोमा चौकीबाट खटिगएका प्रहरी टोलिले कानुन बमोजिम
चेकजाँच गर्दा उक्त स्थानमा जंग रोधक लेखेको सेतो रंगको प्लाष्टिकको बोरा भित्र
लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध फेला पारी प्रहरीले नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।