लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१३
- A
- A-
- A+
१.
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
०८ तोपा बजारबाट २०५.८ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, प्रदेश १-०४-००१
ज ००४५ नं.को wagonr
गाडी सहित जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.१७ रानीटोल बस्ने अलाउदिन मियाको छोरा अन्दाजि वर्ष
३७ को रजप आलम, ऐ.ऐ. वडा नं. ०४ जामुन गाछि बस्ने लक्ष्मी शर्माको छोरा अन्दाजि
वर्ष २१ को निकेश कुमार शर्मालाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी चेकिङ्
टोलिले बिराटनगरबाट सप्तरी राजबिराज तर्फ आउदै गरेको उक्त गाडीलाई नियन्त्रणमा लिई
कानुन बमोजिम गाडी तथा निजहरुलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागू औषध ब्राउन
सुगर जस्तो देखिने पदार्थ फेला पारी, लागू औषध र wagonr गाडी
सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
बारा, सिम्रौनगढ नगरपालिका वडा नं. ०३ बडपुरवा
स्थितबाट लागू औषध गाँजा (६४ किलो ४५ ग्राम ) सहित सिम्रौनगढ नगरपालिका वडा नं. ०३
नयकाटोला बस्ने रधुनाथ हजराको छोरा अन्दाजि बर्ष
४० को राजकिशोर हजरा र देश भारत
बिहार राज्य जिल्ला मोतिहारी बनकटवा थाना अगरवागाँउ बस्ने मोहन राय को छोरा अन्दाजि
बर्ष ५० को सुरेश रायलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध
ओसार पसार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौंनगढ र प्रहरी
चौकी अमृतगंज खजानीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलि उक्त स्थानमा पुग्दा ४
जना मानिसहरु आ-आफ्नो पिठ्युमा ४ वटा पोका बोकी गगांनगरबाट नयकाटोला तर्फ जादै
गरेको अवस्थामा प्रहरीलाई देखनसाथ २ जना
मानिसहरु आफ्नो पोका फाली भागेको र निज २
जनालाई प्रहरीले घेरा बन्दी गरी नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ (चार) वटा जुटको
बोरामा लागू औषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेला पारी लागू औषध सहित
निजहरुलाई नियन्त्रणमा लिई फरार व्यक्तीहरुको खोजतलास कार्य भइरहेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
पर्सा, पटेर्वा सुगौली गाउपालिका वडा नं. ०५
मनिहर्वा चोकबाट लागू औषध गाँजा (९ किलो ७७० ग्राम ), BR 22 U 1178 र BR 22 A 5302 नम्बरको मोटरसाइकल सहित पर्सा पकहामैनपुर गाउँपालिका वडा नं. ०५ सवैठवा
बस्ने बर्ष ४० को रविन्द्र महतो तथा देश भारत बेतिया जिल्ला बेहरा झुम्का १४ बस्ने
अन्दाजि बर्ष ३७ को अशोक महतोलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी सुरक्षा बेस पोखरिया पर्साबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलहरुमाथी शंका लागी नियन्त्रणमा
लिई चेकजाँच गर्दा निज रविन्द्र महतोबाट ५ किलो २२० ग्राम तथा अशोक महतोबाट ४ किलो
५५० ग्राम गरी जम्मा लागू औषध बरामत गरी लागू औषध, मोटरसाइकल सहित निजहरुलाई
नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्सामा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
बारा, कोल्हवी नगरपालिका वडा नं. ०१ कोल्हवी
बजारबाट लागूऔषध अफिम जस्तो देखिने पदार्थ ( ०.४६० किलोग्राम ), प्रदेश २-०३-००५ प
६३१२ नं.को मोटरसाईकल सहित रौतहट चन्द्रपुर नगरपालिका वडा नं.१० बस्ने रामबालक
साहको छोरा अन्दाजि बर्ष २९ को नागेन्द्र
साह, सोही स्थान बकतौरा बस्ने सिताराम रामको छोरा बर्ष २२ को ज्ञानेन्द्र राम र
सोहि स्थान बालचनपुर टोल बस्ने मेघु साहको छोरा बर्ष ३२ को राजेश साहलाई शनिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषधको ओसार पोसार हुँदै छ भन्ने बिशेष
सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय बिरगंज,पर्सा र इलाका प्रहरी कार्यालय कोल्हवी, बाराबाट खटिएको
संयुक्त प्रहरी चेकिङ् टोलीले तामागढि श्रीपुर सडक खण्डमा तामागढिबाट श्रीपुर तर्फ
जादै गरेको उक्त तिन जना सवार मोटरसाइकलमाथी शंका लागी नियन्त्रणमा लिई मोटरसाइकल
तथा निजहरुको खानतलासी गर्दा निज राजेश साहले लगाएको पाईन्टको दायाँ गोजीमा कालो
प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको लागु औषध अफिम जस्तो देखिने बस्तु फेला पारी
लागु औषध, मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०३
गौरीडाडाँ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडी बि.पि. राजमार्गबाट लागूऔषध Codeine phosphate and triprolidine hcl. syrup-४० बोटल, Triprolidine
hydrochloride and Codeine Phosphate syrup exiplon-७८ बोटल र Codeine Phosphate and triprolidine hydrochloride syrup
oxerex-४७ बोटल गरी जम्मा १६५ बोटल सहित धनुषा बटेश्वर गाउपालिका
वडा नं. ०२ पाटुटोल बस्ने राम बहादुर राना मगरको छोरा अन्दाजि बर्ष २५ को पारस
राना मगरलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा इलाका
प्रहरी कार्यालय बर्दिबास र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास,
महोत्तरी तथा ट्राफिक सहित खटिएको संयुक्त प्रहरी चेकिङ् टोलीले जनकपुरबाट
काठमाण्डौ तर्फ जादै गरेको बाग्मती प्रदेश-०१-००६ ख ६५१३ नं. को यात्रुवहाक हायस
गाडीलाई रोकी रितपुर्वक चेकजाँच गर्दा उक्त गाडीको चालक पछाडीको १ नम्बर सिटमा
सवार निजलाई चेकजाँच गर्दा निजले साथमा बोकेको कालो भिर्ने झोला भित्र प्लाष्टिकको
टेपले र्याप गरी लुकाई छिपाई राखेको अबस्थाबाट ४० बोतल, निजले साथमा सोही गाडीमा ल्याएको तरकारीको सेतो बोरा भित्र समेत टेपले र्याप
गरी लुकाई छिपाई गरी राखेको अबस्थाबाट १२५ बोतल गरी जम्मा
लागूऔषध बरामद गरी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६.
सिरहा, सिरहा नगरपालिका वडा नं. २१ लकडिगोठ
स्थितबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित १.२५ ग्राम), BR 32 BD 1311 नं. को मोटरसाइकल सहित चालक देश भारत जिल्ला मधुवनी तिनवाही ग्राम पंचायत
१३ बस्ने कलेश्वर यादवको छोरा अन्दाजी बर्ष २० को विवेक यादव र पछाडी सवार सोही
स्थान वडा नं. ०१ बस्ने राजेन्द्र यादवको छोरा अन्दाजी वर्ष २० को दिपक यादवलाई
शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लकडीगोठ र BOP लकडीगोठ सस्शत्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले भारतबाट
नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालकले लगाएको
ज्याकेटको गोजीमा पोको पारी लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध खैरो
हेरोईन जस्तो देखिने पदार्थ फेला पारी लागू औषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।