लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४
- A
- A-
- A+
१. सर्लाही, कबिलासी नगरपालिका वडा नं. ०८ कबिलासी प्रहरी चौकी अगाडीबाट लागू औषध NITRAZEPAM-10 लेखिएको ४ पतामा ३६ पिस र KORES ERAZ लेखिएको- ७ पिस गरी जम्मा ४३ पिस सहित सर्लाही बिष्णु गाउँपालिका वडा नं. ०९ पकडी बस्ने रोशन रायको छोरा अन्दाजी बर्ष १९ को बिबेक यादव र सिरहा धनगढिमाई नगरपालिका वडा नं. ०९ चैनपुर बस्ने श्री नारायण यादवको छोरा अन्दाजी बर्ष २१ को प्रशान्त यादवलाई आइतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरी चेकिङ् टोलिले मलंगवाबाट नवलपुर तर्फ जादै गरेको पैदल यात्री निजहरु माथि शंका लागि रोकी चेकजाँच गर्दा बिबेक यादवले लगाएको पाईन्टको भित्र लुकाई छिपाई राखिएको अवस्थाबाट उक्त लागू औषधहरु फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अबैध सामान नियन्त्रणमा:-
१. सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित चेक पोष्टबाट लेबल र बिल बिजक नभएको १८ बोरामा ३६० किलोग्राम मह जस्तो देखिने तरल पदार्थ आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले चेकजाँच गर्ने क्रममा सिन्धुलिबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख २०८० नम्वरको यत्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसको डिक्कीमा लुकाई छिपाई गरी लैजादै गरेको अवस्थाबाट उक्त मह फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।