लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१६
- A
- A-
- A+
१. सर्लाही, कौडेना गाउँपालिका वडा नं. ०३ पर्सा पोखरी स्थितबाट ४ किलो ७१० ग्राम लागू औषध गाँजा सहित BR 06 CN 7442 नम्बरको मोटरसाइकल सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । हुलाकी सडक खण्डमा मुसैलीबाट गोडैता तर्फ जाँदै गरेको BR 30 AF 1469 नं.को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको BR 06 CN 7442 नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको प्रहरीटोलीले, BR 30 AF 1469 नं.को मोटरसाइकल चालक मलंगवा नगरपालिका वडा नं. ०७ बस्ने अन्दाजि बर्ष ३८ को हरदास कुमार यादब र पछाडी सवार चालकको बुवा अन्दाजि बर्ष ७० को अमिन्द्र राय यादव दुबै जनाको हात खुट्टामा चोट लागेकोले उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको र BR 06 CN 7442 नं.को मोटरसाइकल चालक र पछाडी सवार मानिसहरु फरार रहेकोमा निजहरु सवार रहेको उक्त मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारि नियन्त्रणमा लिई फरार रहेको व्यक्तीहरुको खोजतलास कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा, सिम्रौनगढ नगरपालिका वडा नं.०३ ब्रह्मस्थानबाट १० किलोग्राम लागू औषध गाँजा सहित पचरौता नगरपालिका वडा नं. ०३ रामनगर बस्ने जोगिन्द्र महतो कोईरीको छोरा अन्दाजि बर्ष ३३ को राजकुमार कुशवाहा तथा सोहि स्थानमा बस्ने अशोक पटेलको छोरा अन्दाजि बर्ष २८ को पुनदेव पटेल समेतलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंजखजानीबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले रामनगरबाट डाटगाँउ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्लाष्टिकको २ वटा पोकामा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारि लागू औषध र मोटरसाइकल सहित निजहरुलाइ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।