लागु औषध नियन्त्रणमा
२०८२-०९-१७
- A
- A-
- A+
१. सिरहा, कर्जन्हा नगरपालिका वडा नं. १० मन्हर्वा स्थितबाट २१० किलोग्राम लागू औषध गाँजा वुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पहरीया टोलमा विक्री वितरणको लागी लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्व.किरण वस्नेतको घर कोठा खानतलासी गर्दा जुटको वोरा भित्र राखेको १० वटा बोरामा लागू औषध गाँजा फेला पारि नियन्त्रणमा लिई फरार रहेको व्यक्तीको खोजतलास कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।