लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०८
- A
- A-
- A+
१.
रौतहट, यमुनामाई गाउपालिका वडा नं. ०३ बाट
लागू औषध नुर्फिन- ५०० एम्पुल, फेनारागन-५०० एम्पुल , डाइजेपाम ६०० एम्पुल
गरी जम्मा १,६०० एम्पुल,
BR 30AH 9786 नं. को स्कुटी सहित रौतहट यमुनामाई गाउपालिका वडा नं. ३ बस्ने क्यामोदिन अन्सारीको श्रीमती अन्दाजि
वर्ष २१ की नइमा खातुनलाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । निज नइमा
खातुनले लागु औषध बिक्रि वितरण गर्ने गरेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी रौतहटबाट टोली खटि गई निजको शरिर तथा घर खानतलासि गर्दा Potato Cracker लेखिएको कार्टुन भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषधहरु फेला
पारी लागू औषध र स्कुटी सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, सम्सी गाउँपालिका वडा नं. ०६
सम्सीबाट लागू औषध नाईड्रोजोपाम ४ पत्ता (४० पिस ट्याब्लेट), स्पास्मो १ पत्ता (८
पिस ट्याब्लेट) सहित महोत्तरी बर्दिबास नगरपालिका वडा नं.०२ बुद्धटोल बस्ने अन्दाजि
बर्ष ३० को चित्र बहादुर बस्नेत र सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३० को राजेश
भुजेललाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको अधारमा प्रहरी
चौकी सम्सी महोत्तरीबाट खटिएको पिकेट टोलीले सम्सीबाट जनकपुर तर्फ जादै गरेको
सार्वजनिक यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त लागू औषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।