लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०८
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १७ अलौ
स्थितबाट १ किलो ५२० ग्राम लागु औषध गाँजा BR05K 2389 नं.को मोटरसाइकल
सहित पर्सा बहुदरमाई नगरपालिका वडा नं. ०२ बस्ने स्व. पुरन महराको छोरा अन्दाजि बर्ष
५९ को रामअशिस महरालाई बुधबार बिहाँन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
सिर्सिया, पर्साबाट खटिएका प्रहरी चेकिङ् टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको
उक्त मोटरसाइकलमाथी शंका लागि रोकी चेकजाँच गर्दा प्लाष्टिकको झोलामा राखी
प्लाष्टिकको टेपले आफ्नै शरिरमा बाँधिएको अवस्थामा उक्त लागू औषध गाँजा फेला पारी
लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०४ गणेशीया
चोकबाट प्लाष्टिक सहित ७ किलो ८०० ग्राम लागू औषध गाँजा, BR 06 2729
नं.को HONDA CB SHINE मोटरसाईकल सहित सर्लाही कौडेना गाउँपालिका
वडा नं. ०१ बस्ने दिलिप मण्डलको छोरा अन्दाजि वर्ष १९ को नितेश मण्डल र सर्लाही
चक्रघटा गाउँपालिका वडा नं. ०३ बस्ने शेख इजराईलको छोरा वर्ष ३२ को शेष मोफिजलाई
मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट
खटिएको गस्ती टोलीले सुखचैना देखी शिवसागर बजार तर्फ जादै गरेको उक्त मोटरसाइकललाई
चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि रातो रंगको प्लाष्टिकमा लुकाई छिपाई गरी सिट
जतिको साईज बनाएको १ पोका उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र मोटरसाइकल सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।