अबैध समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-०८
- A
- A-
- A+
१.
महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०३
गौरीडाडाबाट अन्दाजी रु.१९,९७,५०७।– (उन्नाईस लाख
सन्तानब्बे हजार पाँच सय सात रुपैया) मुल्य बराबरको VCTS बिलमा प्रस्थान हुने स्थान र पुग्ने स्थान फरक-फरक भएको कवाडी सामान र ना
५ ख ४७४० नं.को माल बाहक ट्रकलाई बुधबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट
खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सिन्धुलिबाट बर्दिबास तर्फ आउदै गरको
उक्त ट्रक रोकी चेकजाँच गर्दा VCTS बिलमा प्रस्थान हुने स्थान र पुग्ने स्थान फरक-फरक भएकोले उक्त कवाडी
समानहरु सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।