लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२२
- A
- A-
- A+
१.
सिरहा, लहान नगरपालिका-१२ भोटिया टोलबाट अवैध
लागूऔषध Phenergan
2 ml -२ एम्पुल, Diazepam 2 ml -२ एम्पुल, Buprenorphine 2ml -२
एम्पुल गरी जम्मा ६ एम्पुल सहित १ जनालाई
बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपुरपट्टि गाउँपालिका-०४
शिवनगर घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-२२ बेल्हि बस्ने देवराज मुखियाको
छोरा अन्दाजि वर्ष २३ को सुनिल कुमार मुखिया रहेका छन् । लागूऔषध बिक्री बितरण
भईरहेको छ भनी गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको
प्रहरीले निजको शरिर खानतलासी गर्दा उक्त पदार्थहरु फेला पारी लागू पदार्थ सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।