अबैध गाँजा खेती नष्ट तथा फडानी
२०८२-१०-२२
- A
- A-
- A+
१. पर्सा, सखुवाप्रसौनी गाउँपालिका वडा नं. ०१ स्थित अन्दाजी १
कठ्ठामा रहेको अन्दाजी ८८४ वटा भन्दा बढि अवैध गाँजाको बोट विरुवा बुधबार दिउँसो
प्रहरीले नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका
प्रहरी कार्यालय एकटांगाबाट खटिएको प्रहरीको संयुक्त टोलीले दोहरी स्थित खोलाको
किनारामा रहेको ऐलानी जग्गामा
लगाएका अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।