लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०४
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उप-महानगरपालिका-७
दिपावली लाईन होटेल अगाडीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७०० ग्राम सहित
२ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत पुर्वी
चम्पारण थाना रक्शोल पनटोका ग्राम पन्चायत वडा नं १३ वस्ने दिने कुश्वाहाको छोरा अन्दाजि
बर्ष ५० को संजय कुश्वाहा र जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं २ वस्ने
मेक्सोल मुक्तानको छोरा बर्ष ४८ को कान्छा राम मुक्तान रहेका छन् ।जिल्ला प्रहरी
कार्यालय बारा, लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय
सिमराबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, बिश्रामपुर
गाउँपालिका-३ मुसहर्वा चौकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ सय
७० मिलिग्राम सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
देश जिल्ला पर्सा बिरगंज महानगरपालिका-१६ नागवा बस्ने बैजनाथ राउत कुर्मिको छोरा अन्दाजि
वर्ष १८ को सागर पटेल रहेका छन् । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी चेकिङ्
टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ६ ज ५००८ नम्बरको मोटरसाइकलमा सवार
निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ
३.
रौतहट, चन्द्रपुर नगरपालिका-४
बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित ४
जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर
नगरपालिका वडा नं. १ बागमती बस्ने चोयेसङ लामाको छोरा बर्ष ३२ को तुल बहादुर लामा,
सोहि स्थानमा बस्ने समशेर बहादुरको छोरा बर्ष ३५ को राज बलम पाख्रिन मगर, सोहि
स्थानमा बस्ने बल बहादुर तमाङको छोरा बर्ष २९ को प्रशान्त तामाङ र जिल्ला उदयपुर
गाईघाट घर बताउने सोम बहादुर तमाङको छोरी बर्ष २३ की प्रिया तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिभिन्न
स्थानहरुबाट निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।