अवैध गाँजा खेती नष्ट तथा फडानी:-
२०८२-११-०४
- A
- A-
- A+
१. पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ०४ स्थित अन्दाजी २.५
बिघामा रहेको अन्दाजी ३०,००० वटा भन्दा बढि अवैध गाँजाको बोट विरुवा शुक्रबार
दिउँसो प्रहरीले नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट
खटिएको प्रहरीको टोलीले सुगौली स्थित रहेको खोला नजिकको ऐलानी जग्गामा लगाएका अवैध गाँजा खेती नष्ट
तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ०४ फरदवा स्थित
अन्दाजी १३.५ कठ्ठामा रहेको अन्दाजी ५,००० वटा भन्दा बढि अवैध गाँजाको बोट र
अन्दाजि २५००/- भन्दा बढि अवैध अफिमको बोट विरुवा शनिबार दिउँसो प्रहरीले नष्ट तथा
फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीको टोलीले पटेर्वासुगौली गाउँपालिका-०४ र ऐ.ऐ.-०५
को विभिन्न ठाँउ स्थित रहेको ऐलानी जग्गामा लगाएका अवैध गाँजा तथा अफिम खेती नष्ट तथा फडानी गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।