लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०५
- A
- A-
- A+
१.
पर्सा, पकाहा मैनपुर गाउँपालिका वडा नं २
मधुबनी चोक स्थितबाट लागूऔषध १६० किलोग्राम गाँजा र प्रदेश ३-०१-००२ च ५४३२ नं.को
कार सहित जिल्ला काभ्रे बलकु गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष २२ को
बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल
नेपाल BOP
पकाहमैनपुर र अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टीबाट खटिएको चेकिङ्ग
टोलिले कारको डिक्कीबाट उक्त लागूऔषध गाँजा फेला पारी लागूऔषध र कार सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा, लहान नगरपालिका वडा नं. ६ राधाकृष्ण चोकबाट लागु औषध
खैरो हेरोईन १.९० ग्राम सहित जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ०६ बस्ने
बावुनाथ यादवको छोरा अन्दाजी बर्ष २५ को सुमित यादवलाई सोमबार राति प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र लागु औषध नियन्त्रण व्यूरो
शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी संयुक्त टोलिले निजलाई उक्त लागूऔषध खैरो
हेरोइन सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।