लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१७
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका-१० अशोक बाटिकाबाट अवैध लागूऔषध खैरो हेरोईन ५० मिलिग्राम
सहित १ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा
सिम्रौनगढ नगरपालिका १३ भगवानपुर घर भई हाल पर्सा विरगंज १० अशोकबाटिका बस्ने
बिरेन्द्र प्रसाद कुशवाहाको छोरा अन्दाजी बर्ष १८ को दिपेन्द्र प्रसाद कुशवाहा
रहेका छन् । प्रहरी चौकी आदर्शनगर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
विरगंज महानगरपालिका-१६ श्रीराम हलबाट अवैध लागूऔषध DIAZEPAM
लेखेको 2ml को-२०० पिस, BUPRENORPHINE-२०० पिस, PROMETHAZINE HYDROCLORIDE-२०० पिस, बि.म.न.पा.१
ह. ८३८ नं. को ई-रिक्सा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ
। पक्राउ पर्नेमा विरगंज महानगरपालिका १ छपकैया घर भई भारत मोतिहारी जिल्ला रक्सौल
बस्ने नरेश ठाकुरको श्रीमती अन्दाजी बर्ष २३ कि नेहा देबी ठाकुर र विरगंज
महानगरपालिका ४ बस्ने लक्ष्मि गोसाईको छोरा अन्दाजी बर्ष ३२ को केवल गोसाई रहेका
छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. बारा,
जितपुर सिमरा उप-महानगरपालिका-१० नितनपुरबाट अवैध लागूऔषध ब्राउन सुगर ६ ग्राम २१०
मिलिग्राम सहित १ जनालाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ
पर्नेमा विरगंज महानगरपालिका २१ परवानीपुर बस्ने सत्यनारायण साहको छोरा अन्दाजी बर्ष
२५ को अनिल साह रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र जितपुर बाराबाट खटिएको संयुक्त
प्रहरी टोलिले उक्त पदार्थ सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।