लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१८
- A
- A-
- A+
१.
धनुषा,
धनुषाधाम नगरपालिका-९ धारापानीबाट अवैध लागूऔषध ANTIKOF ट्याब्लेट १४५०
पिस,SPASREST ट्याब्लेट १४४० पिस, DOWELL ट्याब्लेट १०० पिस र TEPENTA ट्याब्लेट २८४० पिस गरी
५८३० पिस, स १ ह १०४३ नंम्बरको अटो सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर कटारी नगरपालिका-३ बस्ने हेम प्रसाद
अधिकारीको छोरा अन्दाजि बर्ष २१ को सुमन अधिकारी रहेका छन् । इलाका प्रहरी
कार्यालय यज्ञभुमी र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको संयुक्त प्रहरी
टोलिले निजलाई उक्त पदार्थहरू सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. धनुषा,
मिथिला नगरपालिका-१० रातोपुल स्थितबाट अवैध लागूऔषध Tapenta
tablet ७६४० पिस, Spasrest 20 mg ९९० पिस, Dowell 75 mg ६०० पिस र Dowell 100 mg ९४४ पिस, रु.१,३५,०००/-
नगद सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ जिल्ला
सिन्धुली दुधौली नगरपालिका-५ सिर्थौली बस्ने कृष्णा परियारको छोरा अन्दाजि बर्ष २०
को साजन परियार, सोही स्थानमा बस्ने मंगल गोलेको छोरा अन्दाजि बर्ष २१ को दोर्जे
लामा,सोही स्थानमा बस्ने दिलिप साहको छोरा अन्दाजि बर्ष २० को दिपेश साह र जिल्ला धनुषा
मिथिला नगरपालिका-७ बस्ने अन्दाजि बर्ष ५० को रामकुमार महत्तो रहेका छन् । इलाका
प्रहरी कार्यालय ढल्केबर र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास
महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थहरु सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।