लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२०
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका-१० सब्जीमण्डी स्थितबाट अवैध लागूऔषध NITZASCEN-१० ७ पिस ट्याव्लेट, SPASMOPROXYVON CAPSUL २ पिस र ONEREX
१०० ml १ बोतल सहित १ जनालाई बिहिबार बिहान
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका-८ गहवा टोल
वस्ने जमदार पालको छोरा वर्ष ४९ को शिवजी पाल रहेका छन् । वडा प्रहरी कार्यालय
बिर्ता पर्सा र प्रहरी चौकी आदर्शनगर पर्साबाट खटिएको संयूक्त प्रहरी टोलिले उक्त
पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।