लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२३
- A
- A-
- A+
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१८ लामिडाँडा टोलबाट अवैध लागूऔषध ट्रामाडोल क्याप्सुल २५ पिस, स्पाइस ट्याबलेट ३ पिस, नम्बर नभएको शंकास्पद FZ मोटरसाईकल सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१० हाकिम चौक बस्ने दले लामाको छोरा अन्दाजी बर्ष २३ को साजन लामा रहेका छन् । प्रहरी चौकी जैतापुर बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।