लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२१
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उप-महानगरपालिका-१ पथलैया
चोकबाट अवैध लागूऔषध गाँजा २१ किलोग्राम, बा.प्र.०३-००३ प ५७६४ नम्बरको स्कुटि सहित २ जनालाई आईतबार राती प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर छतिवन गाँउपालिका-४ बस्ने
बुद्दिमान गोलेको छोरा अन्दाजि बर्ष १६ को सुरेन्द्र गोले र मकवानपुर राकसिराङ गाँउपालिका-७
बस्ने प्रकाश गुरुङको छोरा अन्दाजि बर्ष १७ को सलमन गुरुङ रहेका छन् । प्रहरी चौकी
पथलैयाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र स्कुटी सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, गौर नगरपालिका-४ टिकुलिया बाध स्थितबाट
वेवारिसे रुपमा अवैध लागूऔषध गाँजा १७ किलो ११५ ग्राम आईतबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थाई प्रहरी पोष्ट
बसपार्क रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त वेवारिसे लागूऔषध नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, धनगढीमाई नगरपालिका-५ तेतिस विगाहबाट
अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम, स ९ प १०७ नम्बरको
मोटरसाइकल सहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
धनगढीमाई नगरपालिका-५ वस्ने राम आशिष मण्डलको छोरा अन्दाजि वर्ष २० को भरत कुमार
मण्डल र धनगढीमाइ नगरपालिका-१० वस्ने अमिरी साफिको छोरा अन्दाजि २१ को जिवछ साफी
रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त
लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४. धनुषा,
धनुषाधाम नगरपालिका ९ धारापानीबाट अवैध लागूऔषध NITZASCEN-10 १०० पिस बा
७१ प ४४९० नम्बरको मोटरसाईकल सहित २ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा धनुषा धनुषाधाम नगरपालिका-९
धारापानी बस्ने हरिचन मण्डलको छोरा अन्दाजि बर्ष २० को रोहित कुमार मण्डल र
गणेशमान चारनाथ नगरपालिका-१ बस्ने नारायण साहको छोरा अन्दाजि बर्ष २२ को मुकेश साह
रहेका छन् । इलाका प्रहरी कार्यालय यज्ञभूमी धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त
लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।
५.
धनुषा, मुखियापट्टी मुसहर्निया गाउँपालिका-६
लक्ष्मीपुर पुरानो बर्थिङ् सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा १३७ किलोग्राम, BR 32 D 5892 नम्बरको मोटरसाइकल सहित २ जनालाई
शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा मुखियापट्टि
मुसहर्निया गाउँपालिका-६ लक्ष्मिपुर बस्ने साधु शरन यादवको छोरा अन्दाजि वर्ष २५
को गणेश कुमार यादव र सोही स्थानमा बस्ने श्रीष्ठ यादवको छोरा अन्दाजि वर्ष ४२ को
जितेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी
बहेडावेला धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६.
पर्सा, पोखरीया नगरपालिका-४ पोखरिया ढाट नजिकबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्राम सहित १
जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया
नगरपालिका-६ बस्ने मुखलाल मियाको छोरा अन्दाजि बर्ष २७ को साद आलम रहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।