भन्सार छली ल्याएको चामल सहित पिकअप नियन्त्रणमा
२०७८-११-२६
- A
- A-
- A+
प्रज्ञापन पत्र विनाको भारतीय चामल लोड गरी वीरगञ्जबाट बाराको जितपुरतर्फ लादै गरेको भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।११।२५ गते अं.१९:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ११ रानीघाट सडकखण्डमा प्रदेश ०३-००१ च ०५२२ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका चामल फेला परेको हुँदा उक्त पिकअप र सो मा लोड रहेको चामल ११८ बोरा नियन्त्रणमा लिई रू.११,००,०००।– (एघार लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।