भन्सार छली ल्याएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको ट्रक नियन्त्रणमा
२०७८-१२-०८
- A
- A-
- A+
प्रज्ञापन पत्र विनाको हार्डवेयर
तथा खुद्रा मालवस्तुहरू लोड गरी जनकपुर लादै गरेको भन्ने सूचना प्राप्त भई यस
कार्यालयबाट खटिएको टोलीले मिति २०७८।१२।०८ गते अं.०१:०० बजे जिल्ला पर्सा वीरगञ्ज
महानगरपालिका वडा नं. ०८ घण्टाघर स्थित सडकखण्डमा ना.३
ख ४३५९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा सूचना
अनुरूप नै भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा खुद्रा मालवस्तुहरू फेला परेको
हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू.४०,००,०००।– ( चालिस लाख ) मूल्याङ्कन गरी
आवश्यक कारवाहीको लागि आज मिति २०७८।१२।०८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाइएको व्यहोरा सूचित गरिन्छ ।