अवैध लागूऔषध गाँजा सहित १ जना मानिस नियन्त्रणमा
२०७९-०५-०१
- A
- A-
- A+
सिरहा, मिति २०७९।०४।३० गते अं. २०:४५ बजेको समयमा ई.प्र.का लहान सिरहाबाट खटिएको प्रहरी टोली र ट्राफिक प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा लहान न.पा.१ स्थित पुर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको को. १ च. ७५७७ नं. को एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्सको पछाडी बिरामी राख्ने भागमा लुकाई छिपाई राखिएको प्लाष्टिकको ५ वटा बोरामा अवैध लागूऔषध गाँजा अं. ९० केजी र नेपाली रुपैयाँ रु. २८,०००।– (अठ्ठाईस हजार) नगद सहित जिल्ला सिरहा धनगढीमाई न.पा. ९ बस्ने बर्ष २९ को सरोज लामालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।