२०४ किलो लागु औषध गाँजा वरामद
२०७९-०५-१३
- A
- A-
- A+
रौतहट, मिति
२०७९।०५।१३ गते अं.००:५५ बजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट
महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको
गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.२ बकैया खोलाको किनारमा नेपालबाट
लागु औषध गाँजा भारततर्फ लैजादै गरेको अवस्थमा प्रहरी टोलीलाई देख्ना साथ १७ ओटा
प्लाटिकको पोकामा २०४ किलो लागु औषध गाँजा फाली भागि फरार भएकोले प्रहरी टोलीले
उक्त लागु औषध गाँजा वेवारीसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।