प्रतिवन्धित लागु औषध सहित ३ जना मानिस पक्राउ
२०७९-०५-२०
- A
- A-
- A+
धनुषा, मिति २०७९।५।१८ गते अं. १७;१० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा. वडा नं. १ महिनाथपुर स्थित सडकखण्डमा ई.प्र.का. खजुरीबाट खटिगएको प्रहरी टोलीले
सवारी साधन तथा पैदल यात्रूहरुलाई चेक जाँच गर्ने क्रममा दक्षिण तर्फबाट शंकास्पद रुपमा हिंड्दै आईरहेको अवस्थामा जि.
धनुषा सबैला न.पा.
वडा नं.
४
पठेरवा बस्ने वर्ष २२ को शत्रूधन यादव र ऐ.ऐ बस्ने वर्ष २१ को राज किशोर मुखिया
समेतलाई रोकी निजहरुको शरिर कानूनी रित पुर्याई
खानतलासी गर्दा शत्रूधन यादवको साथबाट प्रतिबन्धित लागु औषध NITRAVET
ट्याब्लेट ३०० पिस र राजकिशोर मुखियाको
साथबाट प्रतिबन्धित लागु औषध DIALEX-TM-DC 100
ml लेखिएको बोतल थान २ फेला परेकोमा निज दुवै जनालाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भई रहेको साथै ऐ. १५;०० बजेको समयमा सोही स्थानबाट जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं.
१६ मा बस्ने वर्ष १९ को जमसेद नदाफको
साथबाट NITRAVET
ट्याब्लेट
३९ पिस बरामद भएकोमा निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।