लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२३
- A
- A-
- A+
बारा, फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित बारा जिल्ला अदालतको मिति २०७४/०२/२८ गतेको फैसला आदेशले लागू औषध
(गाँजा) मुद्दामा एक वर्ष कैद र रू. ५,०००/-
जरिवाना ठहर भई फरार रहेका प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१६ दोहरी
पकडी टोल बस्ने श्रवण महरा रामको छोरा नागेन्द्र रामलाई लाई मिति २०७९/०५/२२ गते बिहान
जि.प्र.का. बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आफ्नै गाउँमा लुकिछिपी बसेको
अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको
आदेशले निजलाई लागेको कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको
।