अवैध लागूऔषध सहित २ जना मानिसहरू नियन्त्रणमा
२०७९-०५-२८
- A
- A-
- A+
सिरहा, मिति
२०७९।०५।२६ गते राती अं. २३:३० बजेको समयमा जि. सिरहा सखुवानान्कारकट्टी गा.पा. वडा नं.५ महेशवारी चोक
स्थितमा ई.प्र.का. महेशवारी सिरहाबाट खटिएको प्रहरी टोलिले स.११ प.५७२७ नम्बरको मो.सा.
लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ४ बस्ने
बर्ष ४१ को ध्रुब बुढाथोकी र पछाडी सवार जि. सिरहा लक्ष्मीपुरपतारी गा.पा. वडा नं.
५ घर भई हाल लहान न.पा. वडा नं. ५ बस्ने बर्ष २५ को अब्दुल मरासिकी समेतको साथबाट
निम्न परिणामको लागूऔषध, मो.सा. र पेस्तोलको गोली जस्तो देखिने वस्तु समेत फेला पारी
रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध, खरखजाना मुद्दामा सम्मानित
सिरहा जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई ई.प्र.का. लहान सिरहाबाट थप
अनुसन्धान कार्य भईरहेको ।
बरामद समान:
१. DIALEX-DC १०० ml १ बोतल
२. 9mm पेस्तोलको गोली
जस्तो देखिने थान- १
३. NITRAVET- 10 लेखिएको २
पत्तामा २८ पिस
४. SPSMO-PROXYVON ५ पत्तामा ३८ पिस
५. नगद रु ९,०००।– (नौ हजार), चेक थान- ३
६. मोबाईल थान -२, पावर बैंक थान- १
७. मोटरसाईकल थान-१, बिलबुक थान-३, स्कारपियोको साँचो थान - १
८. नागरिकता थान -१, लाईसेन्स थान -२, ATM थान- ५
९. पर्स थान- १, दराजको साँचो थान -७