लागु औषध (गाँजा) सहित दुईजना मानिसहरू नियन्त्रणमा
२०७९-०६-२६
- A
- A-
- A+
पर्सा,
मिति २०७९।०६।२५ गते अं.१०:२० बजे
जि. पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ०१ जगतिया चौक स्थित जि.प्र.का. मातहत ई.प्र.का.
सेढवाबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रम्मा विजयवस्तीबाट बीरगञ्ज
तर्फ जाँदै गरेको BR 22 K 2180 नम्बरको हिरो होण्डा स्प्लेंडर मो.सा. रोकी कानूनी
रीत पुर्याई चेकजाँच गर्दा उक्त मो.सा.
को डिकी भित्र र मो.सा. चालक नन्दलाल दासले पिठ्युमा भिरेको झोला भित्र अवैध लागु
पदार्थ (गाँजा) फेला परेको हुँदा सो सम्बन्धमा सोधपुछ गर्दा उक्त लागु औषध निजकै
साथी बाघा यादवले दिएको हो भनी बताएकोले सोही समयमा निज बाघा यादव समेत सो स्थानमा
आई पुगेकोले निज बाघा यादवलाई सोधपुछ गर्दा हामी दुवै जना मिली ल्याएको हो प्रारम्भिक
अनुसन्धानमा बुझिएको हुँदा उक्त अवैध लागु औषध (गाँजा) वसार पसारमा संलग्नता
देखिएको हुँदा निम्न लिखित विवरणका दुवै जनालाई कानुनी रीत पुर्याई लागु औषध
बोक्न प्रयोग रहेको उल्लेखीत मो.सा. र गाँजा बरामद तथा निजहरूलाई पक्राउ गरी थप
अनुसन्धान भैरहेको ।
१. अभियुक्त :- नन्दलाल
दास
उमेर :- ४५
वर्ष
वतन :-
जि.पर्सा धोबिनी गा.पा.वडा नं. ५
२. अभियुक्त :- बाघा
यादव
उमेर :- ३३
वर्ष
वतन :-
जि.पर्सा छिपहरमाई गा.पा. वडा नं.
३
पक्राउ मिति :- २०७९।०६।२५ गते ।
जम्मा बरामद :- ९ के.जी.३०० ग्रा. (गाँजा)
:- BR 22 K 2180 नं. को मो.सा. – १