लागु औषध सहित दुईजना मानिसहरु नियन्त्रणमा
२०७९-०६-२७
- A
- A-
- A+
पर्सा,
मिति २०७९।०६।२६ गते अं.१५:०० बजे जि. पर्सा विरगञ्ज म.न.पा. वडा नं. ८ रेल्बेरोड स्थित
सडकखण्डमा जि.प्र.का. पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी
टोलीले बिशेष सुचनाको आधारमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई
चेकजाँच गर्ने क्रम्मा पैदल यात्रु जि. पर्सा विरगञ्ज म.न.पा. वडा नं. १६ बस्ने करण रायलाई रोकी निजले पिठ्युमा बोकेको झोला (ब्याग) कानूनी
रीत पुर्याई चेकजाँच गर्दा उक्त
ब्यागभित्र लुकाइछिपाई राखिएको ला.औ. चरेश निम्न लिखित परिमाणमा
फेला परेको र सो लागु औषध ओसार पसार तथा वेचविखन कार्यमा जि. पर्सा विरगञ्ज म.न.पा. वडा नं. १६ बस्ने राज चौरसियाको पनि
संलग्नता रहेको खुल्न बुझीन आएको हुँदा तत्कालै खोजतलास गर्दा राज चौरसिया पनि
फेला परेको हुँदा राज चौरसिया समेत उल्लेखित दुवैजनालाई पक्राउ गरी अवैध ला.औ.(चरेश)
बरामद गरी थप अनुसन्धान भैरहेको ।
पक्राउ
विवरण
१. अभियुक्त
:- करण राय
उमेर :- १९ वर्ष
२. अभियुक्त :- राज चौरसिया
उमेर :- २० वर्ष
ठेगाना :-
जि. पर्सा बी.म.न.पा. वडा नं. १६
बरामद
समान:- ९ के.जी.५०० ग्राम (चरेश)