लागु औषध सहित २ जना मानिस पक्राउ
२०७९-०७-२५
- A
- A-
- A+
पर्सा, मिति २०७९।०७।२३ गते राती अं.१८:३० बजे वीरगञ्ज म.न.पा. वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्र.चौ. ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ संकाष्पदरूपमा पैदल हिँडि आउँदै गरेका २ (दुई) जना व्यक्तिहरूलाई रोकी निजहरूले बोकेको जेब्रा झोलालाई कानूनको रीत पुर्याई चेकजाँच गर्दा उक्त झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २३९८ (दुई हजार तिन सय अन्ठान्बे) पिस फेला परेको, उक्त लागु औषधहरू भारतको रक्सौलबाट खरिद गरेको जानकारी प्राप्त भएको, निजहरू निम्न लिखित वतनका रमेश चित्रकार र मिना कुमारी घले खुल्न आएको साथै निजहरू श्रीमान् श्रीमती भएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा फेला परेको लागु औषध बरामद गरी निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याई मिति २०७९।०७।२४ गतेबाट लागु हुने गरी पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिइ थप अनुसन्धान भइरहेको ।
पक्राउ विवरण
क) अभियुक्त :- रमेश चित्रकार
उमेर :- ४४ वर्ष
ख) अभियुक्त :- मिना कुमारी घले
उमेर :- ३० वर्ष
वतन :- जि.ललितपुर ललितपुर म.न.पा. वडा नं. १४
पक्राउ मिति :- २०७९।०७।२३ गते ।