९१ किलो लागु औषध गाँजा पक्राउ ।
२०७९-०९-१८
- A
- A-
- A+
रौतहट, मिति २०७९।०९।१७ गते अं. ११:०० बजेको समयमा
जिल्ला रौतहट राजपुर न.पा. १ पिपरा भगवानपुर स्थित पिपरा टोलमा गाडीमा अवैध लागु औषध गाँजा छ भन्ने सूचना प्राप्त
हुना साथ जिल्ला प्रहरी कार्यालय रौतहट,
गौरबाट प्रहरी टोलि खटी गई उल्लेखित स्थानमा रोकी राखेको JH10X4212 नम्बरको
सेतो बोलेरो गाडीमा खानतलासी गर्दा अं. ९१ कि.ग्रा.(१३पोका) अवैध लागु औषध गाँजा फेला
पारेको र सोही स्थानबाट अं.१० मिटर दक्षिण
तर्फ BR.30U-0474 नम्बरको मोटरसाईकल समेत बेवारीसे अवस्थामा
फेला परेकोले लागु औषध गाँजा,गाँजा लोड रहेको बोलेरो र मोटरसाईक समेत बरामद गरी जिल्ला
प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।