अवैध लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिसहरु नियन्त्रणमा
२०७९-०९-२१
- A
- A-
- A+
मिति
२०७९।०९।१९ गते अं. १४:४५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. वडा नं. २० हरिनगरा
टोल स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले प्रदेश
२-०१-००२ प. ८८४६ नं.को मोटरसाईकललाई शंका लागी
चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १ बस्ने अं.
बर्ष २७ को सुरेश साह सुडी र सोही मोटरसाईकलमा पछाडी सवार ऐ.ऐ. २० बस्ने अं. बर्ष
२० को सिदार्थ चौधरी समेतको साथबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
९२० मिलीग्राम फेला पारी रितपुर्वक बरामद गरी लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई
नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई ईलाका
प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।