भन्सार छलीका सर-सामान सहित २ जना पक्राउ ।
२०७९-०९-२५
- A
- A-
- A+
मिति २०७९।०९।२३ गते अं.१९:०० बजेको समयमा प्रहरी
चौकी मठियाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं. ४
महुलीया टोल स्थितमा नेपाल भारत सिमाना सडकमा सवारी साधन तथा पैदल यात्रीहरु
समेतलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल महुलीया तर्फ पैदल आउँदै गरेको जिल्ला
रौतहट गौर न.पा. ४ वस्ने अं.वर्ष २१ को राजन कुमार राय यादव र ऐ. वस्ने अं. वर्ष
२२ को अनिल साहलाई रोकी चेकजाँच गर्दा निजहरुको साथबाट अं. मुल्य रु.२,६२,५४७।- (दुई लाख बैसठी हजार पाँच सय सर्चालीस) बराबरको १५ थान मोबाईल बरामद
गरी निजहरुलाई समेत नियन्त्रणमा लिई र मिति २०७९।०९।२४ गते अं.०८:०० बजेको समयमा
प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट परोहा
नगरपालिका वडा नं.७ र ८ बाट अं. मुल्य रु. ७९,२००।- (उन्नासी
हजार दुई सय) बराबरको युरीया मल-५७ बोरा र चिनी १३५ किलो वेवारीसे अवस्थामा फेला
पारेको समेत गरी जम्मा अं. मुल्य रु.३,४१,७४७।- (तीन लाख एकचालीस हजार सात सय सर्चालीस) बराबरको सर-सामानहरु रित
पूर्वक बरामद गरि अनिल साह र राजन कुमार समेतलाई आवश्यक कारवाहीको लागि मिति
२०७९।०९।२४ गते गौर भन्सार कार्यालयमा बुझाईएको ।