मोटरसाईकल बुझाएको सम्बन्धमा ।
२०७९-०९-२५
- A
- A-
- A+
मिति
२०७९।०९।२१ गते अं.२०:४५ बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.१०
स्थित राजकिशोर नर्सरीबाट बा.४३ प-२९०० नं.को १५० CC को
चोरी भएको बजाज कम्पनीको पल्सर मोटरसाईकल यस जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले ऐ. गौर न.पा. ८ पुरेनवा आँखा
आगाडीबाट मिति २०७९।०९।२३ गते फेला पारी ल्याएको हुँदा उक्त मोटरसाईकल मिति
२०७९।०९।२४ गते मोटरसाईकल धनी जिल्ला भोजपुर आमचोक गा.पा.२ वस्ने दिपेन्द्र कुमार
राईलाई बुझाईएको ।